उच्च अदालतहरूमा १६० न्यायाधीशको पद रहेकामा १३ जना न्यायाधीशको पदपूर्ति हुनसकेको छैन । संघीयता लागू भएपछि सात प्रदेशमा सात उच्च अदालत र ११ उच्च अदालतको इजलास रहेका छन् । त्यस्तै, जिल्ला अदालतमा ६ जना न्यायाधीशको पदपूर्ति हुन बाँकी रहेको न्याय परिषद्का प्रवक्ता रामकृष्ण रेग्मीले जानकारी दिए । देशभर २३४ न्यायाधीशको दरबन्दी कायम छ ।
रेग्मीका अनुसार रिक्त भएको जिल्ला न्यायाधीशका पदपूर्ति गर्न विज्ञापन खोल्ने तयारी भइरहेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया