प्रहरीको सई मुछिएको ज्यान मुद्दा २२ लाखमा मिलापत्र मिलाइयो

काठमाडौं– प्रहरीले कर्तब्य ज्यानसम्बन्धी एउटा घटना मिलापत्रमा टुंग्याएको छ ।
कपिलबस्तुको तौलिहवास्थित घर भई तारकेश्वर नगरपालिकामा बस्ने एक व्यक्तिको मृत्युसम्बन्धी घटनामा प्रहरी अस्पतालमा कार्यरत सई सुरेन्द्र कार्की र पीडित परिवारबीच मिलापत्र गराइएको हो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
कार्कीले पीडित परिवारलाई किस्ताबन्दीमा २२ लाख रुपैयाँ ‘दिने र दुबै रकम लिएपछि दुबै पक्षले मुद्दा मामिला नगर्ने’ मिलापत्रमा उल्लेख छ ।
व्यक्रिगत लेनदेनको सिलसिलामा सई कार्कीले कात्तिक १८ गते राती ती व्यक्तिलाई मोटरसाइकलमा लिएर गएका थिए । भोलिपल्ट महानगरीय प्रहरी परिसर काठमाडौंले उनकी पत्नीलाई श्रीमान बिरामी भएर बिर अस्पतालमा लगिएको भन्दै भट्न आउन खबर गरिएको थियो । त्यसको केही घण्टामै उनको निधन भयो ।
घटनापछि कार्कीविरुद्ध किनाटी जाहेरी गर्न खोज्दा महानगरीय प्रहरी परिसर काठमाडौंका अधिकारीले जाहेरी लिन नमानेको मृतकका आफन्त र नातेदारले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?