त्रिवि वेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय विज्ञान संघको गर्भनिङ वोर्डमा

काठमाडौं । चिनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान संघको स्थापना सम्मेलनका साथै वैज्ञानिक तथा प्रविधि अन्तर्राष्ट्रिय गोष्ठीले त्रिभुवन विश्वविद्यालय गर्भनिङ वोर्डमा निर्वाचित गरेको छ ।

नोभेम्वर ३ देखि ५ सम्म राजधानी बेइजिङ स्थित पैचिङमा आयोजना गरिएको उक्त सम्मेलनमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.तीर्थराज खनियाको नेतृत्वमा ६ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो ।

सम्मेलनमा बेल्ट एण्ड रोड क्षेत्रका ३७ वटा विश्वविद्यालय एवं विज्ञान प्रतिष्ठानहरु सम्मिलित रहेका थिए । सम्मेलनको उद्घाटन चिनका सह प्रधानमन्त्री लिऊ ह ले गरेका थिए । सम्मेलनमा बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय विज्ञान संघको विधान पास भएको थियो । विधान अनुसार वनेको कार्यसमितिले गभर्निङ वोडमा नेपालको प्रतिनिधिको रुपमा त्रिभुवन विश्वविद्यालयलाई चयन गरेको छ । ३७ वटा फाउण्डर सदस्यहरु मध्ये ९ वटा प्राज्ञिक एवं वैज्ञानिक संस्था गभर्निङ वोर्डमा छनौट भएका हुन् ।

पहिलो २ वर्षे कार्यकालको लागी चाइनिज एकेडेमी अफ साइन्सेस अध्यक्षमा चयन भएको छ भने रसियन एकेडेमी अफ आइसेन्स र पाकिस्तान एकेडेमी अफ साइसेन्स सहअध्यक्षको रुपमा चयन भएका छन् । बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय विज्ञान संघको सचिवालय इस्सिच्युट अफ टिवेटियन प्लेटु रिसर्च, चाइनिज एकेडेमी साइन्सेस बेइजिङमा राख्ने निर्णय समेत भएको छ । 

संघले वेल्ट एण्ड रोड क्षेत्रको दिगो विकास, प्राज्ञिक उन्नयन, वैज्ञानिक एवं सिर्जनशिल अनुसन्धानको क्षेत्रमा सहयोगको आदान÷प्रदान, सूचना तथा प्रविधिको आदान÷प्रदान, वैज्ञानिक सहयोगको नेतृत्व, विज्ञान तथा प्रविधिको विकासका लागी सरकार र निति निर्मातालाई सुझाव, भुमण्डलिय एवं क्षेत्रिय महत्वपूर्ण विषयहरुमा संयुक्त अनुसन्धानलाई आफ्नो प्राथमिकताको क्षेत्र वनाएको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान संघको कार्यदलका सदस्य एवं जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्रा.डा.विनोद दवाडीले जानकारी गराए । 

सम्मेलनमा चिनका राष्ट्रपति सी चिन फिङले सम्मेलनको सफलताको शुभकामना सन्देश पठाएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?