चक्कु प्रहार गरेको अभियोगमा पक्राउ

ललितपुर । ललितपुर शंखमुल बस्ने टिका खड्कालाई हतियार चक्कु प्रहार गरेको अभियोगमा राज कुमार तामाङ पक्राउ परेका छन् । 

खड्कामाथि धारिलो हतियार प्रहार गरेको अभियोगमा तामाङ शनिबार राती पक्राउ गरेको हो ।

दोलखा तामाकोशी घर भइ हाल ललितपुर शंखमुल बस्ने ५० वर्षीय टिका खड्कालाई तामाङले चक्कु प्रहार गरि गम्भीर घाइते बनाएका थिए । घाइते खड्काको काठमाडौंको नयाँबानेश्वरस्थित सिभिल अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?