पिकअपको ठक्करबाट महिलाको मृत्यु

झापा । झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । 

आइतवार बिहान सडक दुर्घटनामा हुँदा दोलखा डिबु गाउँपालिका–४ की ५७ वर्षीया दिनवाइ तामाङको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुर्गापुरमा को १ च ७७०५ नं. को पिकअप भ्यानले ठक्कर दिँदा तामाङ गम्भीर घाइते भएकी थिइन् । 

उनको उपचारको क्रममा विर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश राईले जानकारी दिए । 

चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?