काठमाडौं । धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
काठमाडौंतर्फ आइरहेको ग्यास बुलेट धादिङको रोराङ गाउँपालिका ५ स्थित बिशालटारमा दुर्घटना भएको हो ।
सो बुलेट सडकबाट करीब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटनापछि ग्यास लिकेज भएको र लिकेजलाई नियन्त्रणमा ल्याउने प्रयास भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया