काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा थप दुई प्रहरी निलम्बनमा परेका छन् ।
प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद निलम्बनमा परेका हुन् ।
प्रहरी जवान चाँदनीले मृतक निर्मलाको लुगा पखालेकी थिइन् ।
प्रहरी प्रवक्ता शैलेस थापा क्षेत्रीका अनुसार उनीहरु दुवै जनाको गतिविधि शंकास्पद भएकाले निलम्बन गरेको बताए ।
यसअघि उक्त घटनालाई लिएर कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीद्वय अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामी निलम्बन परेका थिए ।
निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
तर, घटनाको ७५ दिन पुग्दासम्म पनि प्रहरीले आरोपीको पत्ता लगाउन सकेको छैन ।
उच्चस्तरीय छानबिन समितिले प्रहरी अनुसन्धान फितलो र शंकास्पद भएको भन्दै फेरि पनि सुक्ष्म अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया