अपी आरोहण गर्न गएको टोली त्यत्तिकै फर्कियो

दार्चुला– अपी हिमाल आरोहण गर्न गएको चेक गणतन्त्रको टोली हिमाल आरोहण नगरी फर्किएको छ ।

मौसम प्रतिकूल नहुनु तथा भौगोलिक जटिलताका कारण आरोहण नगरी पर्यटक टोली फर्किएको हो । सात हजार १३२ मिटर उचाइमा रहेको अपीको पाँच हजार ६०० मिटरको उचाइमा पुगेपछि भौगोलिक जटिलताले टोली फर्किएको पथप्रदर्शक कपुर तामाङले जानकारी दिए ।

आरोहणका लागि दक्षिण मार्गको प्रयोग गर्दै गएको टोलीले भौगोलिक जटिलताले आरोहण गर्न नसकेको जानकारी उनले जानकारी दिए ।
यसअघि टोलीले अपी हिमालको उत्तरी बाटो भएर चढ्न जाने प्रयास गरे पनि बाटो नहुँदा व्यासको तम्बाकु क्षेत्रबाटै फर्किएको थियो ।
टोली काठमाडौ फर्किएको पर्यटन विकास समाजका अध्यक्ष सोवनसिंह लोथ्यालले जानकारी दिए ।
 गत भदौ २८ गते दार्चुला पुगेको विदेशी टोली तीन सातापछि फर्किएको हो । सो टोलीसँग नयाँ नक्शा नहुँदा पर्यटक अलमल परेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?