२१ मङ्सिर २०७९, बुधबार

लमजुङमा एक वर्षमा ४ सय ७१ जनाले पाए रोजगारी

२०७९,भाद्र,१७,शुक्रवार २१:२५

72
Shares

लमजुङ । कोरोना महामारीले गर्दा बेरोजगार बन्न पुगेका युवायुवतीलाई लक्षित हुने गरी घरेलु तथा साना उद्योग कार्यालयले लमजुङका बेरोजगार युवायुवतीलाई सिप प्रदान गरेको छ ।

कार्यालयले जिल्लाका आठ वटै स्थानीय तहका बेरोजगार युवायुवतीलाई विशेष प्राथमिकता दिँदै विभिन्न तालिम प्रदान गरेको हो ।

जस अन्तर्गत १ महिने ड्राइभिङ तालिम सात दिने, अचार बनाउने तालिम, १५ दिने गुडिया बनाउने तालिम, यसै तीन महिने आधारभूत कम्प्युटर तालिम, १० दिने उद्यमशीलता विकाश तालिम, दुई महिने आधारभूत सिलाई कटाई तालिम, १५ दिने चप्पल बनाउने तालिम र दुई महिने अल्लोका सामाग्री बनाउने तालिम प्रदान गरिएको थियो ।

कार्यालयले जिल्लाका बेरोजगार ४ सय ७१ जना युवायुवतीलाई सिपमूलक तालिम प्रदान गरेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङका प्रमुख मिताकुमारी थापाले बताइन् । उक्त सिप प्राप्त गरे पश्चात् अधिकांश स्वरोजगार बनेका छन् ।

प्रकाशित मिति: २०७९,भाद्र,१७,शुक्रवार २१:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । बुधबार बिहान जिल्लाको सूर्नया ६ दुदिलाखान नजिकै जिप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा किसान तोरीखेतीमा आकर्षित भएका छन् । केही वर्षदेखि तोरीको मूल्य बढेपछि तोरी लगाउने किसानको

चितवन । राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१

ताजा समाचार