अनौठो संयोग : एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा

झापा–एक दुई जोडीमात्र होइन, १० जोडी जुम्ल्याहा त्यो पनि एउटै विद्यालयमा । सुन्दा सबैलाई आश्चार्य र अनौठोे लाग्न सक्छ तर यस्तै संयोग मिलेको छ, झापाको एउटा विद्यालयमा । एउटै विद्यालयमा १० जोडी जुम्ल्याहा बालबालिका पढ्ने गर्दछन् । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ
झापाको कचनकवल गाउँपालिका–२ सुकुनाडिकीमा रहेको लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयमा जुम्ल्याहा बालबालिका पढ्ने यस्तो संयोग मिलेको छ । फरक फरक घरमा फरक फरक समुदाय र लिङ्ग भए पनि एउटै विद्यालयमा कसरी यो संयोग मिल्यो भन्ने बिषय थप खोज र अनुसन्धानको बिषय बनेको छ । जुम्ल्याहा बालबालिकाले परिचित यो बिद्यालयमा उनीहरूका ब्यवहारले भने सबैलाई अचम्मित बनाउने गरेको छ ।
विद्यालयका अनुसार उनीहरूले देखाउने समान आनीबानी र चालचलन झन् चाखलाग्दो छ । जुम्ल्याहा बालबालिका प्रायःजसो आफ्ना जोडीसँग एकै प्रकारको अनुहार, झट् हेर्दा उस्तै लाग्ने कारण शिक्षकहरू नै धेरै पटक झुक्किने गरेको बिद्यालयका प्रधानाध्यापक हेमलाल आचार्य बताउँछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?