काठमाडौं । बलात्कार र यौनजन्य हिंसाका घटनाका मुद्दा सुनुवाई प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अगाडि बढाइने भएको छ ।
महान्यायाधिवक्ता अग्नि खरेलको निर्देशनमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ‘फास्ट ट्र्याक कोर्ट’मा मुद्दा प्रक्रिया अगाडि बढाएको हो ।
‘फास्ट ट्र्याक कोर्ट’ बनाउन छुट्टै ऐन चाहिने भएकाले महान्यायाधिवक्ता खरेलले छिटो न्याय दिलाउन निर्देशन समेत दिए ।
देशमा बढ्दो बलात्कार तथा हत्या जस्ता जघन्य अपराधका पीडितलाई तत्काल न्याय दिन तथा अपराधी उम्किन नदिन निरन्त्र सुनुवाइमा जाने निर्णय भएको सरकारी वकिलको कार्यालय काठमाडौंका अध्यक्ष सूर्यराज दाहालले बताए ।
शुक्रबारमात्र जिल्ला अदालत काठमाडौंमा बलात्कारका दुई मुद्दा लगिएको अध्यक्ष दाहालले बताए ।
महान्यायाधिवक्ता खरेलको निर्देशनपछि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश, सरकारी वकिल र प्रहरी अधिकारीहरुको बैठक बसेको थियो ।
बैठक पछि मुख्य जिल्ला न्यायाधीश रमेशराज पोखरेल, सरकारी वकिल कार्यालका अध्यक्ष दाहाल, मुद्दाको अनुसन्धान गर्ने केन्द्रीय अनुसन्धान व्यूरोका डिआइजी नारायण खड्का र प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामाबीच छलफल भएपछि द्रूत न्यायको अभ्यास थालिएको हो ।
अब बलात्कार तथा जघन्य अपराधको मुद्दा अदालतमा पेश गर्दा साक्षी पनि सँगै पेश गर्ने र बकपत्र पनि लिइने र जबरजस्ती करणी, भेदभाव तथा अपमानजन्य व्यवहार, गर्भ संरक्षण, व्यक्ति बेपत्ता पार्ने कार्य र अपरहण तथा शरीर बन्धक पार्ने कसूरविरुद्धका मुद्दामा निरन्तर सुनुवाईको व्यवस्था गर्न महान्यायाधिवक्ता खरेलले निर्देशन दिएका छन् ।
शुक्रबारदेखि बलात्कार लगायत ६ वटा मुद्दामा निरन्तर सुनुवाइको प्रक्रिया अघि बढ्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया