जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

कावासोती ।  नवलपरासीको हुप्सेकोट–४ भैसीघाटमा गए राति बलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

शंखदेवबाट कावासोती हात्तीखोरतर्फ जाँदै गरेको लु१ज २९२७ नं को बलेरो जीप आफैँ अनियन्त्रित भई पल्टिदा बलेरो चालक नवलपरासी बौदीकाली–४ घर हुप्सेकोटका ३५ वर्षीय कृष्ण सुनारीको मृत्यु भएको हो । 

दुर्घटनामा परी घाइते हुनुभएका सुनारीको उपचारका क्रममा कालीगण्डकी अस्पताल कावासोतीमा मृत्यु भएको हो । दुर्घटनामा सहचालक मेखबहादुर मर्सी घाइते भएका छन् । 

घाइते मेखबहादुरको भरतपुरमा उपचार भइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?