डडेलधुरा–महाभारतको सबैभन्दा उचाइको डोटी डडेलधुरा सिमानाको घण्टेश्वर लेकमा मोटर पुर्याउने सडकको मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गरे । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।
भीमदत्त राजमार्गको हगुल्टेबाट सुरु हुने यो सडकका लागि डडेलधुराको गन्यापधुरा र डोटीको जोरायल गाउँपालिकाले बजेट छुट्याएका छन् । मानव बस्ती नभएको यो क्षेत्रको संरक्षित वन विनाश हुने गरी हेभी इक्युपमेन्ट प्रयोग गरिएको छ । यस इलाकामा यस्ता दर्जनौं सडक निर्माणाधीन छन् । भागेश्वर गाउँपालिकाको जालीछिंडाबाट खन्न सुरु भएको अर्को सडकलाई गाउँपालिकाले यस वर्ष पनि २० लाखभन्दा बजेट बढी विनियोजन गरेको छ ।
डडेलधुरा, डोटी र बैतडीमा पर्ने महाभारत क्षेत्रका संरक्षित वन क्षेत्रमा अहिले बिनाअध्ययन सडक बनिरहेका छन् । ९५ हजार हेक्टर क्षेत्रफलमा फैलिएको महाभारत वन क्षेत्रको संरक्षणका लागि सरकारले १० वर्षे कार्ययोजना बनाएको ७ वर्ष बितेको छ । तर, संरक्षणमा संलग्नहरू महाभारत संरक्षित वन क्षेत्र अतिक्रमण र फडानीका कारण समाप्त हुने खतरा बढेको बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया