काठमाडौंको फोहोर निजी कम्पनीले नउठाउने संकेत

काठमाडौं–नुवाकोटको सिसडोलको विकल्प तयार नभए अन्तर्राष्ट्रिय कम्पनी नेपवेस्टले काठमाडौंको फोहोर नउठाउने संकेत दिएको छ ।
साउन पहिलो साता लगानी बोर्ड र कम्पनीबीच आगामी पुसदेखि काठमाडौंको फोहोर उठाउने जिम्मा दिने गरी आयोजना विकास सम्झौता ९पिडिए० भएको थियो ।
 कम्पनीले हालसम्म काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिकासँग समझदारीको कोसिस नै गरेको छैन ।

सम्झौताअनुसार कीर्तिपुर नगरपालिकाबाहेक काठमाडौंका सबै स्थानीय निकायबाट उक्त कम्पनीले फोहोर उठाउने जिम्मा पाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
 अहिलेको ल्यान्डफिल साइट सिसडोल भरिसकेको र अर्को वैकल्पिक ल्यान्डफिल साइट तयार नभएकाले कम्पनीले फोहोर व्यवस्थापनको जिम्मा लिन अनकनाइरहेको काठमाडौं महानगरपालिकाका अधिकारीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?