काठमाडौं–नेपाल आयल निगमले दुई सय ट्यांकर खरिद गर्ने भएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।
ट्यांकरचालकले विभिन्न माग राखी पेट्रोलियम पदार्थ ढुवानी ठप्प पारेपछि निगम आफैँले ट्यांकर खरिद गर्न लागेको हो ।
आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले ट्यांकर खरिदपछि चालकसमेत नियुक्त गर्ने तयारी भइरहेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया