काठमाडौं । सरकारले आजदेखि पेट्रोलियम पदार्थको बिक्री वितरणमा कोटा प्रणाली तोकिएको छ ।
ट्याकंर चालकहरु आन्दोलित भएपछि ढुवानी आपूर्ति सहज बनाउन सरकारले शुक्रबादेखि पेट्रोल, डिजेलको बिक्री वितरणमा कोटा तोकेको हो ।
नेपाल आयल निगमले नेपाल पेट्रोलियम डिलर्स एसोसिएशन र वाग्मती पेट्रोलियम डिलर्स एसोसिएशनलाई तोकिएको कोटाअनुसार बिक्री वितरण गर्न निर्देशन दिएको हो ।
निगमका अनुसार मोटरसाइकल, स्कुटरलाई बढीमा ५ लिटर मात्र पेट्रोल पाउने भएका छन् ।
यस्तै अन्य हल्का सवारी साधन कार, भ्यान, आदीलाई बढीमा १५ लिटर पेट्रोल,डिजेलबाट चल्ने छोटो दुरीका सवारी साधनलाई बढीमा ५० लिटर र लामो दुरीका सवारी साधनलाई बढीमा १०० लिटरसम्म डिजेल उपलब्ध गराउने भएको छ ।
एम्बुलेन्स, स्कुल बस तथा सरकारी सवारी साधनलाई उच्च प्राथमिकताका साथ पेट्रोलियम पदार्थको विक्री वितरण गर्न निर्देशन दिइएको छ ।
मुलुकी संहिताको कतिपय प्रावधानले अन्यायमा परेको भन्दै ट्याकंर चालकहरु आन्दोलित भएपछि भारतीयबाट हुँदै पेट्रोलियम पदार्थको आयात प्रभावित भएको हो ।
काठमाडौँमा पेट्रोल अभाव हुँदा बिहीबार बेलुकी देखिनै सवारीसाधन पेट्रोलको लाइनमा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया