काठमाडौं–नेकपासँग वार्ताको वातावरण बनाउने तयारीमा रहेको सरकारले प्रवक्ता प्रकाण्डलाई रिहा गर्ने तयारी गरेको खबर नयाँ पत्रिका दैनिकले विस्तृतमा खबर छापेको छ ।
वार्ताका लागि सो पार्टीका महासचिव विप्लवका तीन सर्त राखेका छन् ।
सरकारले आफ्नो पार्टीलाई राजनीतिक पार्टी या हिंसात्मक समूह कुन दृष्टिकोणका साथ हेरिरहेको छ प्रस्ट औपचारिक धारणा सार्वजनिक गर्नुपर्ने, देशव्यापी गैरकानुनी धरपकड बन्द गरेर पक्राउ परेका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पदम राई, किरण राई, उमा भुजेलसहित पोलिटब्युरो र केन्द्रीय तहका नेताका साथै सबै कार्यकर्तालाई विनासर्त रिहा गर्नुपर्ने तथा विनाअवरोध राजनीतिक पार्टीको हैसियतमा निर्वाध गतिविधि गर्न पाउनुपर्ने सर्त छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया