इन्फ्लुएन्जाबाट सप्तरीमा तीनको मृत्यु

लहान- सप्तरीको कञ्चनरूप नगरपालिकामा इन्फ्लुएन्जाका कारण तीनजनाको मृत्यु भएको छ । सो क्षेत्रमा अहिले सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को टोलीले रगतको नमुना संकलन गरेको छ ।

मृत्यु हुनेमा कञ्चनरूप नगरपालिका–३ बरमझियाका १४ वर्षीय किशोर राम, वडा नम्बर–७ धरमपुरका १४ वर्षीय दिवस बस्नेत र वडा नम्बर–९ रूपनगरका १४ वर्षीय आमोदकुमार राम छन् । तीनैजनालाई उच्च ज्वरो आएको र केही दिनमै नाक र मुखबाट रगत आएर मृत्यु भएको स्थानीयले जनाएका छन् । नयाँ पत्रिका दैनिकले खबर छापेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?