१० दिनपछि फेरि जनार्दन शर्मा नै अर्थमन्त्री !

लोकपथ
975
Shares

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि लागेको आरोपबारे छानबिन गर्न समिति बनेसँगै बुधबार राजीनामा घोषणा गरे । प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । सम्बोधनका क्रममा उनले आफूले गल्ती नगरेको जिकिर गरे । मात्र संसदीय छानबिन समितिलाई मद्दत गर्नको लागि अर्थमन्त्रीको पदबाट राजीनामा दिएको उनको भनाइ छ । उनले आफूले बजेट निर्माण गर्दा कुनैपनि गल्ती नगरेको दोहोर्याउँदै प्रश्न उठेको विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत गर्ने पनि राजीनामा घोषणाा पछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् ।

‘ मैले केही गल्ती गरेको छैन । जे विषय उठेको छ । त्यो विषयको सत्यतथ्य बाहिर ल्याउन मद्दत पुगोस् भनेर मैले राजीनामा दिएको छु । छानबिन हुन्छ, छानबिनले ल्याएका कुराहरु जनतासमक्ष आउँछ । सत्यतथ्य जनतासमक्ष आउँछ । मैले गरेको आत्मविश्वास के हो भन्ने कुरा त्यतिबेला प्रष्ट हुन्छ’, उनको भनाइ छ, छानबिन समितिलाई सजिलो पार्न छानबिनलाई मद्दत गर्न, सत्यतथ्य संसदसमक्ष ल्याउनका लागि मैले राजीनामा दिएको हो । मैले बजेट निर्माण गर्दा कुनैपनि गल्ती गरेको छैन । स्थापित मूल्य, विधि, पद्धतिका आधारमा बजेट प्रस्तुत र निर्माण भएको छ । जुन किसिमले विषय उठाइएको छ, त्यसले आम जनतामा भ्रम परेको छ । भ्रम निवारण छानबिनबाट हुनेछ ।’

शर्माले राजीनामा दिएसँगै अर्थ मन्त्रालय नेतृत्वविहीन बनेको छ । यहीबीचमा अब नयाँ अर्थमन्त्री को बन्लान् भन्ने बहस पनि सतहमा आउन थालिसकेको छ । तर, माओवादीले भने १० दिनसम्म कोहीपनि नयाँ मन्त्री नजाने बताएको छ ।

सो पार्टीका प्रभावशाली नेता वर्षमान पुनले छानविनबाट निर्दोष सावित भई शर्मा नै फेरि अर्थमन्त्री हुने बताए । छानविन प्रक्रियालाई सहयोग गर्न शर्माले उच्च नैतिकता देखाएको उनको भनाइ छ ।

बुधबार प्रतिनिधि सभाले छानविन गर्नका लागि ११ सदस्यीय विशेष छानविन समिति बनाएको छ । सो समितिलाई छानविन गरी प्रतिवेदन बुझाउन सभामुख अग्निप्रसाद सापकोटाले १० दिनको समय तोकेका छन् । १० दिनमा प्रतिवेदन आएपछि शर्मा नै मन्त्रीमा निरन्तर हुने माओवादीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?