नेपाल समक्ष मलेसियाको एमओयू प्रस्ताव : कामदार लैजाँदा लाग्ने शूल्क रोजगारदाताले व्यहोर्ने

काठमाडौं  । मलेसियाले नेपाली कामदार लैजाँदा लाग्ने सबै खर्च रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव नेपाल सरकार समक्ष राखेको छ । 

शनिबार मलेसियाले द्विपक्षीय समझदारी (एमओयू) गर्न पठाएको औपचारिक प्रस्तावमा नेपाली कामदार लैजाँदा लाग्ने सबै शुल्क रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको हो ।

मलेसियाले गरेको प्रस्तावमाथि छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । 

सरकारले गत जेठ ३ गतेदेखि नेपाली कामदारलाई मलेसिया पठाउन रोकेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?