बर्दियामा स्थानीय र प्रहरीबीच झण्ड, गोली लागेर एकको मृत्यु

लोकपथ
21
Shares

बर्दियाकी एक महिला बाघको आक्रमणबाट घाइते भएको बिषयमा स्थानीयवासीले गरेको प्रदर्शनमा झडप हुँदा प्रहरीको गोली लागेर एक सर्वसाधरण महिलाको ज्यान गएको छ ।

प्रहरीको गोली लागेर जिल्लाको मधुवन नगरपालिका –२ की १८ वर्षीया नविना थारूको मुत्यु भएको हो । बर्दियाका सिडियो बन्धु प्रसाद बास्तोलाले घटनाको पुष्टि गरे ।
झडपमा परि केही प्रहरी र सर्वसाधरण पनि घाईते भएको जनाईएको छ ।

सोमबार दिउँसो मधुवन नगरपालिका–२ स्थित सोनाह गाउँकी ४१ वर्षीया अस्मिता थारूलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि स्थानीयबासी आन्दोन्लानमा उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?