काठमाडौंमा बालेनको लौरोको चमत्कार !

लोकपथ
5.5k
Shares

काठमाडौं । काठमाडौं महानगरको मेयरमा लौरो चिह्नसहित निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार बालेन साहले चामत्कारिक मतान्तर बनाउँदै अग्रता कायम गरेका छन् ।

पछिल्लो तथ्यांक अनुसार साहले ३४ हजार ९ सय ३५ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् । त्यसैगरी उनलाई १९ हजार ३ सय १५ मतसहित गठबन्धनका उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले पछ्याइरहेकी छिन् । भने नेकपा एमालेका उम्मेदवार केशव स्थापित १८ हजार ९ सय ७८ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

शनिबार दिउँसोसम्म दोस्रोमा रहेका स्थापित सिंहले मतान्तर बढाएसँगै तेस्रोमा पुगेका हुन् ।

त्यसैगरी उपमेयरतर्फ भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छिन् । हाल उनले ३४ हजार ३० मत प्राप्त गरेकी छिन् भने उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ११ हजार ८ सय ४२ मतले पछ्याइरहेका छन् । यता राप्रपाका उम्मेदवारले ६ हजार ६७ मत प्राप्त गरेका छन् ।

यद्यपी हाल राष्ट्रिय सभागृहमा मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?