गोकर्णेश्वरको मेयरमा कांग्रेसका दीपक रिसाल निर्वाचित

लोकपथ
315
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपक रिसाल निर्वाचित भएका छन् रिसालले ९ हजार ६ सय ९२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आठ हजार ५०४ मत पाएका छन् ।

उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी भएकी छन् । लामाले ८ हजार ८ सय४ मत ल्याएकी छिन् । लामाकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी शान्ति नेपालले ८ हजार ६ सय ७१ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?