महानगरपालिका अपडेट : एमालेको गड काठमाडौंमा बालेन र पोखरामा धनराजलाई भारी मतको अग्रता

लोकपथ
1k
Shares

काठमाडौं । देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ । निकै चासोका साथ हेरिएको देशको ६ वटा महानगरपालिकाको पनि मत परिणाम आउने क्रम जारी रहेको छ ।

यस्तो छ देशै भररहेका ६ वटा महानगरपालिकाको पछिल्लो मत परिणाम : 

काठमाडौं महानगरपालिका :

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह १३ हजार ४८७ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितले ७ हजार ३ सय १२ मत ल्याएका छन् ।

पोखरा महानगरपालिका :

पोखरा महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ११ हजार ८ सय १२ मतका साथ अग्रस्थानमा छन् । आचार्यलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका कृष्णबहादुर थापाले १० हजार ६२ मत ल्याएका छन् ।

भरतपुर महानगरपालिका :

भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार रेणु दाहाल ७ हजार ९ सय ९५ मतका साथ अग्रस्थानमा छन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजय सुवेदीले ७ हजार ३ सय २० मत ल्याएका छन् ।

ललितपुर महानगरपालिका :

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन ९ हजार ८ सय ९३ मतका साथ अग्रस्थानमा छन् । महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४हजार ३ सय ७८ मत ल्याएका छन् ।

वीरगन्ज महानगरपालिका :

वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपाल उम्मेदवार राजेशमान सिंह ९ हजार ७ सय ६८ मतका साथ अग्रस्थानमा छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका विजयकुगमार सरावगीले ४ हजार २ सय ८६ मत ल्याएका छन् ।

विराटनगर महानगरपालिका :

विराटनगर महानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नागेश कोइराला १० हजार ३ सय ६३ मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले ७ हजार ८ सय ८२ मत ल्याएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?