पाटन नगरपालिकाको मेयरमा कांग्रेसका गौरी सिंह रावल विजयी

लोकपथ
161
Shares

काठमाडाैं । बैतडीको पाटन नगरपालिकाकाे मेयरमा कांग्रेसका गौरी सिंह रावल विजयी भएका छन् । रावल ६ हजार ८६९ मत ल्याएर निर्वाचित भएका हुन् । रावलले नेकपा एमालेका उम्मेदवार नारायण भण्डारीलाई १ हजार ५७९ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।

गठबन्धन रहेकाे पाटनमा उपमेयर भने माओवादी विजयी भएकाे छ । माओवादी केन्द्रका कमल सिंह बोहरा ५ हजार ७५१ मतसहित निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?