विराटनगर महानगर अपडेट : नागेशले बढाए मतान्तर

लोकपथ
1.7k
Shares

काठमाडौं । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै राखेका छन् । कोइराला ५ हजार ९ सय ८ मतका साथ अग्रस्थानमा छन् । कोइरालालाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका सागरकुमार थापाले ४ हजार ३ सय १३ मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले १ हजार ७ सय २० मत प्रप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रह्लादप्रसाद साह हलुवाईले ८ सय ३२ मत ल्याएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी शिल्पा कार्कीले ४ हजार ९ सय ३३ मत सहित अग्रस्थानमा रहेकी छिन् । जनता समाजवादी पार्टी, नेपालका अमरेन्द्र यादवले ३ हजार ४ सय ३२ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?