काठमाडाैं । झापाको मेचीनगर नगरपालिकामा मतगणाना प्रभावित भएकाे छ । मतगणना स्थलबाट प्रतिनिधिहरू हिँडेपछि मतगणाना प्रभावित भएकाे हाे ।
मतगणनामा बस्ने प्रतिनिधिको विषयलाई लिएर विवाद भएकाे थियाे । अहिले माओवादी केन्द्रका प्रतिनिधिहरू गणनास्थल छाडेर बाहिरिएका छन् ।
माओवादी केन्द्रले गणनास्थलमा एमालेले बढी प्रतिनिधि राख्न खोजेपछि आपत्ति जनाएको थियो ।
मतगणनाका लागि सहमतिको प्रयास भइरहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया