विश्वको सबैभन्दा पुरानो जैविक रङ्ग भेटियो

सहारा मरुभुमिमा विश्वको सबैभन्दा पुरानो जैविक रङ्ग भेटिएको छ ।

यो खोजले पृथ्वीमा जटिल जीवनको विकास किन ढलो भयो भन्ने व्याख्या गर्न पनि सघाउने अष्ट्रेलियाका अनुसन्धानकर्ताहरुको अनुमान छ ।

गुलाबी रङ्गका यी कणहरु १.१ अर्ब वर्ष पहिले एक साधारण सुक्ष्मदर्शक जीव सायनोब्याक्टेरियाले उत्पादन गरेको थियो । 

सो कणहरु पृथ्वीबाटै लोपन्मुख भइसकेका डाइनोसरभन्दा १५ गुणा पुरानो मानिएको छ ।

यो नमूना यस अघिको सबैभन्दा पुरानो रङ्गभन्दा ५० करोड वर्ष पुरानो हो । 

अनुसन्धानदाताहरुले पछिल्लो खोजले पृथ्वीमा जटिल वनस्पति र जीव किन ६० करोड वर्ष पहिले आएको कुरालाई व्याख्या गर्ने देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?