जरजस्ती करणी मुद्धामा फरार शेर्पा २१ वर्षपछि पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्धामा फरार संखुवासभा मकालु गाउँपालिका–९ घर भई हाल कपन बस्दै आएका ३८ वर्षीय आङतेम्बा शेर्पा २१ वर्षपछि पक्राउ परेका छन् । 

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले काठमाडौंको कपनबाट पक्राउ गरेको हो । 

ब्यूरो प्रहरीका अनुसार, २०५४ पुस १८ गते साबिक मकालु गाविस–८ बस्ने एक महिलालाई शेर्पा समेतका ३ जना मिलेर जबरजस्ती करणी गरी फरार भएका थिए । 

जवरजस्ती करणी मुद्धामा संखुवासभा जिल्ला अदालतको २०६१ चैत १० गतेको फैसलाले शेर्पालाई ५ बर्ष कैद र सातहजार रुपियाँ जरिवाना सजाय सुनाएको थियो । 

पक्राउ पछि शेर्पालाई काठमाडौं जिल्ला अदालतमा पेश गरिएकोमा कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको ब्यूरोले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?