सरकारले तोक्यो आन्तरिक मजदुरको न्यूनतम तलव

काठमाडौं । सरकारले आन्तरिक मजदुरको मासिक तलव १४ हजार २ सय सय बनाउने सिफारिस गरेको छ । 

न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई आन्तरिक मजदुरको तलव तोक्न सिफारिस गरेको हो । साथै सरकारले आगामी वर्षबाटै मजदुरको तलब बैंक खाताबाट भुक्तानी गर्न अनिवार्य गर्ने पनि तयारी गरेको छ ।

यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । 

साउनबाट ४५ सय रुपैयाँ थपिनेछ । साथै यो वर्षबाटै समाजिक सुरक्षा ऐन पनि लागू हुनेछ । यो समेत गर्दा मजदुरको तलब झण्डै १७ हजार पुग्नेछ ।

यसैगरी समाजिक सुरक्षाबापत मजदुरको सञ्चय कोष, उपदान लगायतका व्यवस्था पनि अनिवार्य गरिने भएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?