सवै स्थानीयतहमा असार मसान्तभित्र कर्मचारी खटाउने मन्त्री पण्डितको दाबी

मोरङ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले चालु अार्थिक बर्षको अन्त्य (असार मसान्त) सम्म सवै स्थानीयतहमा कर्मचारी खटाउने बताएका छन् । प्रशासनिक अन्तरिमकाल असार मसान्तसम्म चल्ने र त्यसपछि कुनै पनि स्थानीयतहले कर्मचारीको अभाव खेप्नुनपर्ने मन्त्री पण्डितले दाबी गरेका छन् । 

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पण्डितले असार मसान्तभित्र स्थानीयतहमा थप १० हजार कर्मचारी खटाउने बताएका छन् । हालसम्म हरेक स्थानीयतहमा प्रशासनिक प्रमुख पठार्इसकेको र ७५ प्रतिशत स्थानीयतहमा अधिकृत स्तरका कर्मचारी समेत खटार्इएको जानकारी दिँदै मन्त्री पण्डितले असार मसान्तभित्र सहायकस्तरका कर्मचारी खटार्इसक्ने दाबी गरेका हुन् । 

स्थानीयतहले अावश्यकता देखाउँदै कर्मचारी भर्ना गर्ने नाउँमा करारमा भार्इ-भतिज र छोरी-ज्वार्इँलार्इ जागिर दिएको पार्इएपछि स्थानीयतहमा कर्मचारी नियुक्ति बन्द गरिएको तर्क पण्डितले गरे । केन्द्रीयतहबाट चाँडै कर्मचारी व्यवस्थापन गर्ने भन्दै पण्डितले प्रादेशिक लोकसेवा अायोगको व्यवस्था गरि राष्ट्रलार्इ अावश्यक मापदण्डअनुसारको राष्ट्रसेवक नियुक्त गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?