यौन सम्पर्क गर्न असहमत भएपछि कपिलवस्तुमा ६० वर्षीया वृद्धको हत्या भएको छ । बाणगंगा नगरपालिका–१० सोनपुरकी एकल महिलाको हत्याको आरोपमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले देवरलाई पक्राउ गरेको छ।
प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीका अनुसार यशोधाको देवर वर्ष ४० को शम्भु लोनियाले माघ १० गते राति हत्या गरेको बताए। मादक पदार्थ सेवन गरेको विषयमा शम्भु र पत्नीबीच विवाद भएपछि पत्नी माइती गएका बेला हत्या गरिएको थियो । पत्नी नभएपछि शम्भु रातको ९ बजे भाउजूको घरमा पुगेका थिए।
देवर भाउजूबीच सहमतिमा यौन सम्पर्क भएको र दोस्रोपटक यौन सम्पर्क गर्न खोज्दा प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको स्विकारेको भण्डारीले बताए । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया