काठमाडौं महानगरपालिकाले माग्यो ठूलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

लोकपथ
1.5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा ठूलो संख्याम कर्मचारी माग गरेको छ ।

महानगरपालिकाले विज्ञापन खुलाई गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि कुल २३१ जना कर्मचारी विज्ञापन खुलाई माग गरेको जनाएको छ ।

विज्ञापन अनुसार करार सेवामा २१ जना सुपरीवेक्षक र २१० जना गणक माग गरिएको छ । जसमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका र आवश्यक न्युनतम योग्यता पुगेका इच्छुक युवायुवतीले आवेदन दिन सक्नेछन् । आवेदनको म्याद ७ दिनको रहेको छ ।

इच्छुक व्यक्तिले आवेदन अनलाइन प्रणालीबाट मात्र स्वीकृत गरिने र महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिन सकिने र भौतिक रुपमा बुझाइएका आवेदनहरू भने मान्य नहुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?