भारतबाट अवैध मदिरा ल्याई बिक्री गर्ने गिरोह पक्राउ, २९६ काटुन विभिन्न ब्राण्डका मदिरा बरामद

लोकपथ
1.2k
Shares

काठमाडौं । भारतबाट अवैध रुपमा नेपाल ल्याई बिक्री वितरण गरिएका ठूलो परिमाणको मदिरासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाले भारतबाट ल्याई विभिन्न परिमाणका रेड लेवल, ब्ल्याक लेवल, चिभास रिगललगायतका मदिरासहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्सा घर भई हाल काठमाडौं कपन बस्ने सन्तोष चन्द्र बख्रेल, काठमाडौं कागेश्वरी मनोहराका शैलेश पन्त, पर्सा घर भइ हाल काठमाडौं हाँडीगाउ बस्ने रविन पाख्रिन र सर्लाली घर भइ हाल काठमाडौं चावहिल बस्ने नारायणप्रसाद घिमिरे रहेका छन् ।

रवि नाम गरेको भारतीय नागरिकले भारबाट राजश्व छली गरी विभिन्न ब्राण्डका मदिराहरु सन्तोषचन्द्र बख्रेलको योजनामा नेपाल ल्याइ बिक्रि वितरण गर्ने गरेको खुल्न आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बरामद गरिएका मदिराहरुको अन्दाजी बजारमूल्य एक करोड ५० लाख भन्दा बढी रहेको छ ।

भारतबाट भित्रिएका २ सय ९६ कार्टुन विभिन्न मदिराहरु रामकोट, बानेश्वर कपनलगायतका विभिन्न मदिरा पसल तथा पार्टी प्यालेसमा समेत बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?