उपत्यकाका यी ३६ स्थानमा बहुतले पार्किङ बन्ने

लोकपथ
1.6k
Shares

बढ्दो सवारी चापलाई ध्यानमा राखी सरकारले काठमाडौँ उपत्यकाका ३६ स्थानमा बहुतले पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको छ । नगर विकास कोषले सो प्रक्रिया अगाडि बढाएको हो ।

कोषले अति व्यस्त तथा व्यापारिक कारोबार बढी हुने उपत्यकाको ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको प्रक्रिया अगाडि बढाएको कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले जानकारी दिए ।

पार्किङ निर्माणमा प्रस्तावसमेत माग गरिएको छ ।राजधानीको थापाथली, त्रिपुरेश्वर, कालीमाटी, टेकु, सोल्टीमोड, कलङ्की, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँबानेश्वर, पुरानो बानेश्वर, गौशाला, चा बहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, विशालनगर, भाटभटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडीगाउँ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो र कुपण्डोलको मुख्य व्यापारिक क्षेत्रमा सो पार्किङ निर्माण गर्न लागिएको जानकारी उनले दिए । कोषले शुक्रबार सूचना जारी गरेर प्रस्ताव माग गरेको हो । कम्तीमा आठ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा बहुतले पार्किङ निर्माण गरी त्यसको सञ्चालन गर्न स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थासँग प्रस्ताव माग गरिएको हो । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?