कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए । अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ देखा परेको छ । डिसेम्बरदेखि ‘हाइपर भर्स’ को रुपमा रुपान्तरण भएको छ । कुरै नबुझी सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेका छन् ।
हाइपर भर्स अनलाइन नेटवर्किङ बिजनेश हो । यसले बस्तु तथा सेवाको बिक्री भने गर्दैन । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ ।
हाइपर फन्ड क्रिप्टोकरेन्सी बिजनेस हो । परिवर्तनीय बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिन्छ । एप डाउनलोड गरेर एकाउन्ट बनाउनुपर्छ । एकाउन्ट बनाएपछि ३९ हजार नेपाली रुपैयाँ बराबर लगानी गर्नुपर्छ । नेपालसहित कुनै पनि देशले यसलाई अनुमति नदिएको समेत समाचारमा उल्लेख छ । तर यसको नेपालमा निकै चर्चा छ । अन्नपूर्ण पोस्टमा विस्तृतमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया