नयाँ यात्रा मापदण्ड लागू

लोकपथ
35
Shares

सरकारले कोरोनाको तेस्रो लहर बढेसँगै नयाँ यात्रा मापदण्ड लागू गरेको छ । उक्त मापदण्डमा खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने सुविधालाई निरन्तरता दिने भएको छ । यो भिसा खुला भएका मुलुकका नागरिकले पाउन सक्ने अध्यागमन विभागले जानकारी दिएको छ ।
यो सुविधा गैरआवासीय नेपाली, गैरसरकारी संस्थाका प्रतिनिधि एवम् कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई पनि लागू हुनेछ ।
नेपाल आउने विदेशी पर्यटकहरुले कोभिड विरुद्धको खोपको मात्रा पुरा गरेको कार्ड, ७२ घण्टाअघिको कोरोना नेजेटिभ भएको प्रमाणपत्र, होटल बुकिङ पनि अध्यागमनमा देखाउनुपर्नेछ । साथै सीसीएमसीको अनलाइन फारम पनि भर्नुपर्ने अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?