९ माघ २०७८, आईतवार

स्थानीयतहमा अाफूखुशी कार्यकर्ता र नातागोता भर्ना गर्न रोक (हेर्नुहोस परिपत्र)

२०७५,जेष्ठ,२८,सोमवार ०३:२४

135
Shares

काठमाडाैं : स्थानीयतहका जनप्रतिनीधिले कर्मचारी अावश्यक भएको भन्दै अाफुखुशी कार्यकर्ता र नातेदारलार्इ करारमा भर्ना गर्न थालेपछि सरकारले यो विकृतिलार्इ रोक्न कडा निर्देशन दिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अार्इतबार बेलुकी स्थानीय तहलार्इ परिपत्र जारी गर्दै अाफूखुशी कर्मचारी भर्ना नगर्न जनप्रतिनीधि र स्थानीय सरकारलार्इ सचेत गराएको छ । 

हाल मन्त्रालयले स्थानीयतहमा तत्काल सेवा प्रवाहका लागि दरबन्दी अांकलन गरेको छ । स्थानीयतहका पदाधिकारीले मन्त्रालयबाटै दरबन्दी अाएको भन्दै धमाधम कर्मचारीका नाममा जागिर दिन थालेपछि मन्त्रालयले तय गरेको दरबन्दी अन्तरिम मात्रै भएको र यो अांकलन स्थानीयतहलार्इ भर्तीकेन्द्र बनाउन तय नगरेको अाशयको परिपत्र जारी गरेको हो । दरबन्दी अांकलनलार्इ स्थायी पद मानेर कुनै पनि स्थानीयतहलार्इ कर्मचारी भर्ना नगर्न मन्त्रालयले सचेत गराएको छ । 

सरकारलार्इ दायित्व पर्नेगरि अस्थायी, करार र अरू कूनै पनि प्रकृया अपनाएर स्थानीयतहमा कर्मचारी पदपूर्ती नगर्न परिपत्रमा भनिएको छ । स्थानीयतहले कर्मचारी अपुग भए सरकारसँग लिखित माग गर्न, तर अाफैंले पदपूर्ति नगर्न मन्त्रालयले निर्देशन दिएको छ । स्थानीयतहले अाफूखुशी लोक सेवा अायोगमा अापूर्ति फर्म भेर कर्मचारी माग गरेको भए सो प्रकृया पनि स्थगित गर्न स्थानीयतहलार्इ मन्त्रालयले अाग्रह गरेको छ । 

तत्कालका लागि सरकारले स्थानीयतहमा ५७ हजार कर्मचारीको अन्तरिम दरबन्दी ताेकेर क्रमश :कर्मचारी खटार्इरहेको छ । अहिलेसम्म ४० हजार कर्मचारी स्थानीयतहको कार्यसम्पादनमा जुटिसकेको र १७ हजार कर्मचारीलार्इ कार्यक्षेत्रमा खटाउन मन्त्रालयले गृहकार्य गरिरहेको छ । असार मसान्तसम्म सवै स्थानीयतहमा कर्मचारी पठार्इसक्ने सरकारले जानकारी गरार्इसकेको छ । 

संघीय सरकारले पठाएका कर्मचारी अपुग भएमा स्थानीयतहले हाल भर्इरहेको कर्मचारी समायोजनको काम पुरा भएपछि मात्र कर्मचारी माग गर्न सक्नेछन्. । स्थानीय सरकार सञ्चालन एेन २०७४ अनुसार मात्रै स्थानीय तहले संगठन संरचना निर्माण गरि कर्मचारी नियुक्त गर्न पाउने उल्लेख छ ।

यस्तो छ परिपत्र : 

प्रकाशित मिति: २०७५,जेष्ठ,२८,सोमवार ०३:२४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इजरायलमा सरकारले श्रमिक पठाउन सुरु गरेको छ । जसअनुसार दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरुमध्ये पहिलो चरणमा ९९ जना बुधबार

भिजिट भिसामा यूएईमा आएका विदेशी नागरिकहरुले काम गर्न नपाउने भएका छन्। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरुले काम गरेको

लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरमा गुफाभित्र गेष्ट हाउस (पाहुनाघर) सञ्चालन भएको छ । छोसेरका पेमा घिर्मी गुरुङले सेल्ता गुफाभित्र

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४