७ माघ २०७८, शुक्रवार

वैदेशिक रोजगारीमा जानेमध्ये सप्तरी जिल्ला मुलुककै पाँचौँ स्थानमा

२०७५,जेष्ठ,२६,शनिवार १०:३१

0
Shares

राजविराज । गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । 

राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौँ स्थानमा पर्दछ । 

चालू आर्थिक वर्षमा यो जिल्लाबाट झण्डै १३ हजार व्यक्ति वैदेशिक रोजगारीमा गएको केन्द्रका संयोजक रामप्रमेश मण्डलले बताए । 

केन्द्रका अनुसार, आव २०६८÷०६९ देखि आव ०७३÷०७४ सम्म जिल्लाबाट ७७ हजार ५०४ जना वैदेशिक रोजगारीमा गएका छन् । सबैभन्दा बढी मलेशियामा ३३ हजार २५२ जना गएका छन् भने कतारमा १७ हजार ३९, साउदी अरबमा १६ हजार ६८१, युएईमा दुई हजार ७९७, कुवेतमा एक हजार ९४२, बहराईनमा १६४, जोड्नमा १९६ र अन्य मुलुकमा दुई हजार ४५९ जना वैदेशिक रोजगारीमा गएका छन् । 

वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै एजेन्टबाट ठगी हुनेको संख्या पनि जिल्लामा अत्यधिक रहेको केन्द्रले जनाएको छ । आव २०७१÷७२ देखि हालसम्मको अवधिमा एक हजार ३८९ जना आफू ठगिएको भनी निवेदन दिएको केन्द्रले जनाएको छ । 

केन्द्रको तथ्यांक अनुसार, राहदानी र पैसालिएर एजेन्ट सम्पर्कविहीन भएको घटनामा ९० जना, फरक काम देखाएर ठगिनेमा ८० जना, स्वास्थ्य परीक्षण गर्दा स्वदेशमा पास र रोजगारीमा गएको मुलुकमा फेल हुनेमा २० जना, पासपोर्ट लिएर लामो समयसम्म नउडाएर १६ जना कामदारले आफू ठगी गरेको आरोपमा निवेदन दिएका छन् । 

स्थानीय प्रशासन, वैदेशिक रोजगार विभाग र स्थानीयस्तरमा छलफलका माध्यमबाट तीमध्ये ८१८ वटा समस्या समाधान गरिएको र अन्य घटना समाधानको प्रक्रियामा रहेको पनि संयोजक मण्डलले जानकारी दिए ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार १०:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इजरायलमा सरकारले श्रमिक पठाउन सुरु गरेको छ । जसअनुसार दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भएकाहरुमध्ये पहिलो चरणमा ९९ जना बुधबार

भिजिट भिसामा यूएईमा आएका विदेशी नागरिकहरुले काम गर्न नपाउने भएका छन्। अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरुले काम गरेको

लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो संख्यामा करार सेवामा कर्मचारी भर्ना गर्ने भएको छ ।

म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरमा गुफाभित्र गेष्ट हाउस (पाहुनाघर) सञ्चालन भएको छ । छोसेरका पेमा घिर्मी गुरुङले सेल्ता गुफाभित्र

ताजा समाचार