४ माघ २०७८, मंगलवार

तराईका ‘हिरो’ उर्फ नाजिर हुसेन

२०७५,जेष्ठ,२६,शनिवार ०८:४१

90
Shares

काठमाडौं ।
काठमाडौं खाल्डोलाई आफ्नै चिन्ता छ । देशको राजधानी काठमाडौंको राजनैतिक पहुँच काठमाडौं बाहिर पुग्न त्यति राम्रोसँग भ्याएको छैन । यो पहाडी सामन्तीको राजधानीजस्तै भएको छ दूरदराजका जनताको बुझाइमा ।
राजनैतिक रुपमा मधेस र काठमाडौंबीच ठूलै दूरी छ । एकाध केही मधेसी नेता सरकारमा सामेल भएपनि ती नेतालाई जनतासम्म पुग्न सकस छ । मधेशका मुद्दा उठिरहेका छन् । तर, अझै पनि काठमाडौं र मधेसबीच ठूलो भेद छ ।


यही राजनैतिक विभेदले गर्दा मधेसी समुदायले काठमाडौंलाई हेर्ने दृष्टिकोण र पहाडी समुदायले मधेशलाई हेर्ने दृष्टिकोणको रंग फरक–फरक छ ।
जसको असर ‘कला’ क्षेत्रमा पनि कुनै न कुनै माध्यमबाट बाक्लैसँग पोतिएको छ । मधेसी मूलका कलाकारलाई केन्द्रमा रहेर कलाकारिता गर्न त्यति सहज अझै छैन पनि, यो कुरालाई धेरैले बुझे÷भोगेका छन् ।

नाजिर हुसेन भन्छन्, ‘अझै पनि हाम्रो घरतिर बरु नेता बन्छु भन्यो भने परिवारले भाले काटेर खुवाउँछन् तर कलाकार बन्छु भन्यो भने नाक खुम्चाउँछन् ।’ यस्तो किन? किनकि नेपाली कला क्षेत्रलाई मधेसमा भिज्न गाह्रो छ । यद्यपि नेपाली फिल्मका लागि लगभग सुक्खा तराईका हलले केही वर्षयता फिल्म र दर्शक पाउन थालेका छन् । यसको कारण के भने, नेपाली फिल्ममा पनि तराईका मुद्दा उठाइन थाले । मधेसी समुदायलाई यी फिल्म आफ्ना लाग्न थाले, किनकि यी कथामा आफ्ना कथा मिसिएका थिए, मधेसका कथा मिसिएका थिए ।

नाजिर हुसेन भन्छन्, ‘अझै पनि हाम्रो घरतिर बरु नेता बन्छु भन्यो भने परिवारले भाले काटेर खुवाउँछन् तर कलाकार ’

यस्तो किन? किनकि नेपाली कला क्षेत्रलाई मधेसमा भिज्न गाह्रो छ । यद्यपि नेपाली फिल्मका लागि लगभग सुक्खा तराईका हलले केही वर्षयता फिल्म र दर्शक पाउन थालेका छन् ।

यसको कारण के भने, नेपाली फिल्ममा पनि तराईका मुद्दा उठाइन थाले । मधेसी समुदायलाई यी फिल्म आफ्ना लाग्न थाले, किनकि यी कथामा आफ्ना कथा मिसिएका थिए, मधेसका कथा मिसिएका थिए ।

तिनै फिल्ममध्ये ‘राज्जा रानी’ एउटा यस्तो फिल्म हो, जुन फिल्ममा तराईको एक युवा मुख्य भूमिकामा छ, त्यो पनि लभर ब्याइका रुपमा ।
मधेसी दर्शकका लागि नयाँपन थियो त्यो । होस्टेल रिटन्र्सले पनि दर्शकलाई हलसम्म तानेको थियो । दुवै फिल्ममा मुख्य पात्रका भूमिकामा थिए नाजिर हुसेन ।
‘होस्टेल रिटन्र्स रिलिज हुँदा सुनिल रावल (निर्माता) लाई कतिले भगवानलाई झैं मानेछन्, दर्शकले तराईको केटालाई पनि हिरो बनाइदिनुभयो भनेछन्,’ नाजिर सुनाउँछन्, ‘फिल्मको शूटिङले म त जान पाइन, तर त्यस्तो माया पाएको देख्दा म कति खुशी भएँ हुँला ।’

अझ ‘राज्जा रानी’ त मैथिली भाषामा पनि चल्यो । केकी अधिकारीसँग नाजिर हुसेन लभर ब्याइका रुपमा देखिए । मधेसका दर्शकले एउटा नयाँ हिरो पायो नेपाली फिल्ममा ।
केही वर्षयता फिल्मले तराईमा दर्शक पाउनुको कारण मधेसका कथालाई उठाइनु नै भएको नाजिर बताउँछन् ।

नाजिरलाई तराईमाएक दर्शकले भनेका रहेछन् – ‘तपाईं त हाम्रो हिरो हो, तराईको मान्छे पनि फिल्मको हिरो हुनसक्ने रहेछ भन्ने प्रमाणित गरिदिनुभयो ।’
नेपाली मूलधारका फिल्ममा मधेसी कलाकारलाई दशकौं दशकसम्म उपेक्षा गरियो । पछिल्ला केही वर्षमा मधेसी कलाकारलाई फिल्ममा प्रस्तुत त गरियो तर कि त जोकरको भूमिकामा, कि त खलनायकको भूमिकामा ।

जे होस्, फिल्ममा मधेसी कलाकारको उपस्थिति राम्रै रहेको नाजिर बताउँछन् ।

थिएटरमा समेत सक्रिय नाजिरले यो क्षेत्रमा कतै न कतै राजनीति भएको अनुभव गरेका छन् । तर राजनैतिक रुपमा जुन दूरी छ, त्यो दूरी कलाकारिता क्षेत्रमा नभएको उनी बताउँछन् ।

‘हुन त कलालाई यसरी स्थानका आधारमा छुट्याउन मिल्दैन तर हाम्रो उपस्थितिले तराईवासीले नेपाली फिल्म हेर्न थाल्नुभएको छ, मधेसी कलाकार पनि हिरो हुन सक्ने रहेछन् भन्ने बुझ्नुभएको छ,’नाजिर मुसुक्क मुस्कुराउँदै भन्छन्, ‘तराई भेगमा नेपाली फिल्म चल्दैनथे, आजभोलि फिल्मले दर्शक पाउन थालेका छन्, ‘राज्जा रानी’ मैथिलीमा रिलिज भएपछि धेरैले आफ्नै ठाउँका कथाका फिल्म पनि बन्ने रहेछन् भन्ने प्रतिक्रिया दिएका थिए ।’

अझै पनि मधेसी कलाकार भन्न बित्तिकै नकारात्मक या जोकरको भूमिकामा उभ्याउने गरिएको नाजिर बताउँछन् ‘मधेसलाई फिल्ममा लिन त थालिएको छ, तर अझैपनि हामी सतही रुपमै छौं, मधेस भन्नबित्तिकै गुण्डागर्दी र कमेडीका लागि लिइन्छ, तर त्यहाँका छरपस्ट कथालाई हामीले उठाउन सकेका छैनौं ।’

विषयले सतही रुपमा मधेसलाई छुन त थालेको छ तर अझै पनि मधेसी कलाकार भन्न बित्तिकै नकारात्मक या जोकरको भूमिकामा उभ्याउने गरिएको नाजिर बताउँछन् ‘मधेसलाई फिल्ममा लिन त थालिएको छ, तर अझैपनि हामी सतही रुपमै छौं, मधेस भन्नबित्तिकै गुण्डागर्दी र कमेडीका लागि लिइन्छ, तर त्यहाँका छरपस्ट कथालाई हामीले उठाउन सकेका छैनौं ।’
नेपाल विविधताको देश भएको र यहाँ थुप्रै कथा भएको नाजिरको विश्वास छ । राजनैतिक रुपमा भूगोल वारपार देखिएपनि कलाका माध्यमबाट दुई समुदायलाई सहजै जोड्न सकिने उनको धारणा छ ।

‘तराईको वास्तविकता फिल्ममा आउन सकेको छैन, अहिले केही मात्रामा फिल्ममा उठ्दा पनि तराईका दर्शक हलसम्म आउन थाल्नुभएको छ, यो खुशीको कुरा हो तरहामीलेमधेसको संस्कृतिलाई अति ‘चिप’ बनाइरहेका छौं,’ उनी थप्छन्, ‘हामीले परिवर्तन त खोजिरहेका छौं, तर जुन किसिमले परिवर्तन खोजिरहेका छौं, त्यो एकदमै सतही लाग्दो छ ।’

त्यसो त नाजिरको अनुभवमा पहिलेभन्दा अहिलेको बुझाइकेही भिन्दै छ । नेपाली फिल्म नै नहेर्ने मधेसी युवापुस्ताले फिल्म हेर्न थालेका छन् ।
यसैको उदाहरण दिँदै एउटा स्मरण सुनाउँछन् नाजिर – ‘नवलपरासी जाँदा एउटा भाइले खुट्टामा ढोगे, उनले मलाई दाइ तपाईं तराईको हिरो हो, नेपाली फिल्ममा हामीलाई देख्न पाइयो भन्दै अंकमाल गरे, त्यो मैले पाएको उपलब्धि ठान्छु ।’

‘कमसेकम म मधेसी दर्शकसँग पुग्न सकेको रहेछु’, उनी सुनाउँछन् ।
अब भने तराईका कथालाई पृथक तरिकाले उठाउनुपर्ने धारणा राख्छन् नाजिर ।
किन तराईको मान्छे लभर ब्याइ हुन सक्दैन? तराईको युवासँग दिमाग नै हुँदैन भन्ने किसिमले किन देखाइन्छ?’ तराईको मान्छे शुद्ध नेपाली बोल्न सक्दैन र?
यस्ता प्रश्न उनीसँगै छन् । 

‘तराईका दर्शक तान्ने हो भने सधै उही भूमिकामा देखाएर हुँदैन, हामी लभर ब्याइ पनि बन्न सक्छौं, बौद्धिक वर्ग पनि तराईमा प्रशस्तै छन्, यी कुराले आम समुदायमा फिल्मप्रतिको दृष्टिकोण बदलिन्छ जस्तो लाग्छ,’ नाजिर भन्छन्, ‘हामीलेकस्तो भूमिका गर्दैछौं भनेर सोच्नुपर्छ होला, हामी मधेसकेन्द्री भूमिका गर्ने कलाकारले पनि सोच्नुपर्ने भएको छ ।’

केही फिल्ममा मधेसी पात्रका रुपमा देखिएका नाजिर अब ती पात्रलाई छानेर मात्र फिल्म खेल्नुपर्ने धारणा राख्छन् । ‘तराईका दर्शक तान्ने हो भने सधै उही भूमिकामा देखाएर हुँदैन, हामी लभर ब्याइ पनि बन्न सक्छौं, बौद्धिक वर्ग पनि तराईमा प्रशस्तै छन्, यी कुराले आम समुदायमा फिल्मप्रतिको दृष्टिकोण बदलिन्छ जस्तो लाग्छ,’ नाजिर भन्छन्, ‘हामीलेकस्तो भूमिका गर्दैछौं भनेर सोच्नुपर्छ होला, हामी मधेसकेन्द्री भूमिका गर्ने कलाकारले पनि सोच्नुपर्ने भएको छ ।’
नाजिर कलालाई दुई समुदायका माध्यममा पुग्ने पुल बनाउन सकिने धारणा राख्छन् । राजनैतिक हिसाबले केही गडबड हुँदा जनतामा मानसिक रुपमा फरक सोचको विकास बन्दै जानु सामान्य भएको र त्यो गडबडीलाई कलाकारले नजिक बनाउन सक्ने नाजिर बताउँछन् ।

 
‘आर्ट भनेको यस्तो ब्युटिफुल नाङ्लो हो, जुन नाङ्लोमा जति पनि चिज राख्न सकिन्छ, कलामा मधेसी र पहाडीबीचको प्रतिस्पर्धा हुँदैन, छलफल र सहकार्य हुन्छ ।’, उनी भन्छन् ।

‘आर्ट भनेको यस्तो ब्युटिफुल नाङ्लो हो, जुन नाङ्लोमा जति पनि चिज राख्न सकिन्छ, कलामा मधेसी र पहाडीबीचको प्रतिस्पर्धा हुँदैन, छलफल र सहकार्य हुन्छ ।’, उनी भन्छन् ।
आफूले कलाका माध्यमबाट सक्दो राम्रो गर्न खोज्ने तर केही दर्शकले अझै पनि कतै न कतै कलाकारका रुपमा हेर्नु पहिले ‘मधेसी’ का रुपमा हेर्दा दुःख लाग्ने गरेको नाजिर गुनासो गर्छन् । ‘कहिलेकाहीँ युट्युबमा कमेन्ट पढ्छु, केही अडियन्सले धोती, मधेसी भनेर कमेन्ट गर्नुभएको हुन्छ, नरमाइलो लाग्छ ।’ उनी सुनाउँछन् ।
 

प्रकाशित मिति: २०७५,जेष्ठ,२६,शनिवार ०८:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नहाैँला सँगै आज तँ र म, तर तेरो सम्झना यो मनमा छ साथ छोड्ने छैन भन्थ्यौँ कहिल्यै तर साथी निकै

कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक

भर्खरै मात्र एउटा बच्चाले कसैलाई गाली गरिरहेको टिकटक भिडियो टिकटकदेखि फेसबुकसम्ममा भाइरल बन्यो। भिडियोमा बच्चाको आक्रोश र सुन्दै अचम्म लाग्नेगरी

काठमाडौं । गत मंसिर २३ मा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच विवाद चर्किँदा अध्यक्ष सूर्यनारायण मण्डलको अगाडिका दुईवटा दाँत झरेको

ताजा समाचार