१३ चैत्र २०७९, सोमवार

दूध बिक्री गरी चार करोड आम्दानी

२०७४,आश्विन,२५,बुधबार ०८:२५

0
Shares

पाल्पा, २५ असोज ।डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् ।मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् ।उक्त क्षेत्रबाट वार्षिक नौ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको छ । सो क्षेत्रका किसानले आव २०७३/७४ मा रु चार करोड ५० हजार आम्दानी गरेका पशु विकास कार्यालय मदनपोखराका नायव पशु सेवा प्राविधिक शेरबहादुर रानाले जानकारी दिए ।सिद्धार्थ राजमार्गसँग जोडिएको मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान र ठिमुरे क्षेत्रमा उत्पादित दूध डुम्रे क्षेत्रमा संकलन गरी पोखरा र तानसेनमा बिक्री गरिन्छ । डुम्रे दुग्ध उत्पादन सहकारीले यस क्षेत्रबाट दैनिक ५०० लिटर दूध बिक्रीका लागि पोखरा पठाउने गरेको छ ।दैनिक ४०० लिटर दूध सिद्धार्थ राजमार्गको दोभानदेखि प्रभाष क्षेत्रमा खपत हुँदै आएको छ । बाँकी एक हजार ६०० लिटर दूध सदरमुकाम तानसेनमा बिक्री गरिन्छ । सो क्षेत्रमा २५ वटा फार्म जिल्ला पशु सेवा कार्यालयमा दर्ता छन् । मदनपोखराका सुकदेव रिजाल गाईपालन गर्ने नमूना किसान हुन । उहाँले ४६ वटा गाई पालेका छन ।डुम्रे दुग्ध उत्पादन सहकारीका अध्यक्ष राम्जी घिमिरे गाईभैँसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका युवा विदेश पलायन हुने क्रम रोकिएको बताउछन । 

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०८:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् ।

धनुषा । कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ । शिक्षा

काठमाडौं । नेकपा (एमाले) मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६