३१ श्रावण २०७९, मंगलवार

दूध बिक्री गरी चार करोड आम्दानी

२०७४,आश्विन,२५,बुधबार ०८:२५

0
Shares

पाल्पा, २५ असोज ।डुम्रे क्षेत्रका किसान उन्नत जातका गाईभैँसीपालनतर्फ आकर्षित हुँदै गएका छन् ।मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान, र ठिमुरे क्षेत्रमा उन्नत गाईभैँसीपालन गर्न थालेपछि यहाँका किसानले दैनिक दुई हजार ५०० लिटर दूध उत्पादन गर्न थालेका छन् ।उक्त क्षेत्रबाट वार्षिक नौ लाख लिटर दूध उत्पादन भई जिल्लाबाहिर बिक्रीका लागि पठाउने गरिएको छ । सो क्षेत्रका किसानले आव २०७३/७४ मा रु चार करोड ५० हजार आम्दानी गरेका पशु विकास कार्यालय मदनपोखराका नायव पशु सेवा प्राविधिक शेरबहादुर रानाले जानकारी दिए ।सिद्धार्थ राजमार्गसँग जोडिएको मदनपोखरा, मस्याम, तेल्घा, रुप्से, कोलडाडा, दोभान र ठिमुरे क्षेत्रमा उत्पादित दूध डुम्रे क्षेत्रमा संकलन गरी पोखरा र तानसेनमा बिक्री गरिन्छ । डुम्रे दुग्ध उत्पादन सहकारीले यस क्षेत्रबाट दैनिक ५०० लिटर दूध बिक्रीका लागि पोखरा पठाउने गरेको छ ।दैनिक ४०० लिटर दूध सिद्धार्थ राजमार्गको दोभानदेखि प्रभाष क्षेत्रमा खपत हुँदै आएको छ । बाँकी एक हजार ६०० लिटर दूध सदरमुकाम तानसेनमा बिक्री गरिन्छ । सो क्षेत्रमा २५ वटा फार्म जिल्ला पशु सेवा कार्यालयमा दर्ता छन् । मदनपोखराका सुकदेव रिजाल गाईपालन गर्ने नमूना किसान हुन । उहाँले ४६ वटा गाई पालेका छन ।डुम्रे दुग्ध उत्पादन सहकारीका अध्यक्ष राम्जी घिमिरे गाईभैँसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि यहाँका युवा विदेश पलायन हुने क्रम रोकिएको बताउछन । 

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०८:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । के तपाईं आफ्नो योग्यता अनुसारको अवसरको खोजिमा हुनुहुन्छ ? एनआईसी एसिया बैंकले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करार सेवामा रहेका कर्मचारीलाई नहटाउन आग्रह गरेकाे छ । कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप

काठमाडौं । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा वैदेशिक

२३ असार २०७९, विहीबार, तदनुसार जुलाई ७ ।  असारशुक्लपक्ष अष्टमी तिथि, विष्टि करण, हस्त नक्षत्र, परिध योग, चन्द्रमा कन्या राशिमा

ताजा समाचार

शारीरिक सुगठनका प्रशिक्षकलाई प्रशिक्षण
 २०७९,श्रावण,३१,मंगलवार १८:०५
थप ८४८ जनामा कोरोना संक्रमण
 २०७९,श्रावण,३१,मंगलवार १७:३९