१ भाद्र २०७९, बुधबार

कला साहित्यको ‘हब’ बनाउनुपर्नेमा जोड

२०७५,जेष्ठ,१९,शनिवार १५:३०

0
Shares

सुर्खेत–सुर्खेतको सिम्ता गाउँपालिकालाई कला र साहित्य पर्यटनको ‘हब’को रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
सिम्ताली कला र साहित्यका कारण एक छुट्टै पहिचानयुक्त गाउँपालिका बनेको र अव यसलाई सिम्ताको समृद्धिसँग जोड्नुपर्ने उनीहरुले बताएका हुन् ।
सिम्ताली कला साहित्य महोत्सव २०७५ अन्तर्गत कार्यशालामा सहभागिहरुले यस्तो बताएका हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाण्डाँै, सिम्ता गाउँपालिका र सिम्ताली एकता समाजले आयोजना गरेको महोत्सवका प्रमुख अतिथी प्राध्यापक डाक्टर जिवेन्द्र देव गिरीले सिम्तामा रहेका लोक कला संस्कृति अन्य कुनै ठाउँमा नरहेको दावी गरे ।
साथै उनले सिम्तालाई कला साहित्य पर्यटनको मुख्य केन्द्र बनाउनुपर्ने बताए ।
कार्यक्रममा सिम्ताली भाषाका विषयमा यामराज गिरीले र सिम्ताली लोक तथा साहित्यका विषयमा थानेश्वर लामिछानेले कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यपत्रमाथि मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन खोपीराम लम्सालले टिप्पणी गरेका थिए ।
यस्तै सिम्ताको लोपउन्मुख सरेली गीत स्थानीय ७० वर्षमाथिका ज्येष्ठ नागरिकले प्रस्तुत गरेका छन् ।
यस्तै त्यहाँको लोपउन्मुख ठाडी भाका, आशिष गीत पनि प्रस्तुत गरिएको छ भने लोपउन्मुख ह्यूपा नाँच, सिंगारु, गर्रा, पञ्चेवाजा नृत्य पनि प्रस्तुत भएको छ ।
महोत्सव अन्तर्गत सिम्ताली राज्यको कथामा आधारित ‘सतिकलशा’ नाटकसमेत प्रदर्शन गरिएको छ । कार्यक्रममा सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही, विभीन्न क्षेत्रका विज्ञ, साहित्यकार, कलाकारलगायतको सहभागिता थियो ।

 

प्रकाशित मिति: २०७५,जेष्ठ,१९,शनिवार १५:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । जिल्ला अस्पताल मुगुले विशेषज्ञ डाक्टर पाएको छ । अस्पताले करिब आधा वर्षभन्दा बढी अर्थात् ८ महिना पछि विशेषज्ञ

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका रहेको कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित भएका छन् । दुल्लुमा रहेको रामपुर कृषि क्याम्पस चितवनको

सुर्खेत । जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर- ७ घुईयाबारी बाट पाटे बाघ नियन्त्रण मा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री

ताजा समाचार

बालेन र साम्पाङकाे फेुसबुके रमिता !
 २०७९,भाद्र,१,बुधबार २२:००
वडा कार्यालयको पनि शाखा !
 २०७९,भाद्र,१,बुधबार २१:४५