फर्मा मार्केटिङ्गमा रोजगारीको अवसर प्रयाप्त

काठमाडौं । पब्लिक यूथ कलेज धोबिचौर काठमाडौंद्वार स्नाकोत्तर तहका विद्यार्थीका लागि एक दिने फर्मा मार्केटिङ्गमा पनि रोजगारीको अवसर विषयक कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित उक्त कार्यक्रममा नेपाल औषधि बिक्री प्रवन्धक संगठनका अध्यक्ष तथा एण्टिकरपशन मुभमेण्टका राष्ट्रिय सचिव सुरजित दत्तले नेपालमा फर्मा मार्केटिङ्ग तथा फर्मा क्यारियरको भविष्य रहेको बताए । 

नेपालमा स्वदेशी र बिदेशी कम्पनीहरुबाट उत्पादिक ४० अर्वभन्दा बढीको औषधि कारोबार हुने गरेको छ ।

त्यस्तै व्यस्थापन संकायमा अध्यन गर्ने धेरै जसो विद्यार्थीको बैकिङ्ग क्षेत्र नै पहिलो रोजाइमा पर्ने भएपनि अन्य क्षेत्रमा पनि उत्तिकै रोजगारीको अवसर रहेको दत्तको भनाइ थियो । उनले अझ मार्केटिङ्ग क्षेत्र विश्वकै उत्कृष्ट रोजगारीको क्षेत्र रहेको उल्लेख गदै नेपालमा ४० अर्वको औषधिको कारोबार हुने गरेको बताए ।

नेपालमा ७५ भन्दा बढी औषधी कम्पनी सञ्चालनमा छन् । यस क्षेत्रमा प्रयाप्त रोजगारीको अवसर रहेको उल्लेख गर्दै सचिव दत्तले भने, अहिले नेपालमा ४०० भन्दा बढी विदेशी औषधी बिक्री हुने गर्छ ।  

यसैगरी महाविर हेल्थ फाउण्डेसनका अध्यक्ष दिपक भट्टचार्यले नेपालमा फर्मा मार्केटिङ्गमा भविष्य रहेको बताउँदै विद्यार्थीहरुलाए फर्मा मार्केटिङ्गबारे जानकारी दिएका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?