नेपालका खानीमा ६ हजारले रोजगारी पाए

काठमाडाैं : सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट ६ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर पाएको दाबी गरेको छ । 

अार्इतबार सार्वजनिक अार्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार चालु अार्थिक बर्षको अाठ महिनामा नेपालभर सञ्चालनमा रहेका खानीबाट प्रत्यक्ष/अप्रत्यक्ष रूपमा ६ हजारले रोजगारी पाएको तथ्यांक उल्लेख छ ।  

खानी क्षेत्रलार्इ निकै अघिदेखि सरकारले मुलुकको अार्थिक विकासको मेरूदण्ड भनेपनि यसको उत्खनन्, विकास र समूचित उपयोग हुन सकेको छैन । 

चुनढुंगा, कोइला, पत्थर, खरी, मार्बल, फलाम, टुर्मालिन, काइनाइटलगायतका खानीबाट रोजगारी पाउनेको संख्या जम्मा ६ हजार पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?