मोदीले स्वीकारे “च्यालेन्ज” !

छिमेकी राष्ट्र भारतमा हालै एउटा नयाँ ट्रेन्ड आएको छ । 
खेलकुद मन्त्री राज्यवरधन राठोरले आफ्नो ‘पुश–अप’ गर्दै गरेको भिडियो सार्वजनिक गरेर भारतलाई ‘फिट’ रहन प्रेरित गरेका छन् ।

उनले आफ्नो भिडियोमा ह्रितिक रोशन, विराट कोहली र साइना नेहवाललाई ‘मेन्सन ’ गरेर यो ‘च्यालेन्ज’ पास गरेका थिए । 

विराट कोहलीले ‘च्यालेन्ज एक्सेप्ट’ गरेर ‘प्ल्यान्क’ गर्दै गरेको आफ्नो भिडियो सार्वजनिक गरेका छन् । उनले आफ्नी श्रीमती अनुश्का शर्मा, प्रधानमन्त्री नरेन्द्र मोदी र महेन्द्र सिंह धोनीलाई पनि यो ‘च्यालेन्ज’ पास गरेका छन् जसमा प्रधानमन्त्री मोदीले सकारात्मक प्रतिक्रिया दिएर चाँडै  ‘च्यालेन्ज’ पूरा गर्ने  बताएका छन् । 

भारतका विभिन्न मन्त्री, खेलाडी, कलाकार आदि यो अभियानमा संलग्न भएको पाईन्छ  । 

केही महिना अघि मोदीले ‘फिट ईन्डिया मुभ्मेन्ट’ अन्तर्गत योगाका उपयोगीतामा जोड दिनलाई आफ्ना सामाजिक सन्जालमा आफू योगा गरिरहेको विभिन्न तस्बिरहरु पनि  ‘पोस्ट’ गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?