बच्चाले खाना खान नमान्दा होस् वा कुनै कुराको लागि जिद्दी गर्दा होस् उनीहरुलाई मोबाइल फोनमा गेम खेल्न दिएर फकाउन सजिलो भएको छ आमाहरुलाई ।
अधिकांश बुबाहरुलाई बच्चाको आमा घरमा नभएको बेला आफ्नो फोन खसेर फुटोस् तर बच्चालाई फकाउन सकियो भने ठिकै छ भन्ने परिपाटि छ । तर त्यो मोबाइल फोनबाट निस्कने ‘माइक्रोवेभ रेडिएसनले’ बच्चाको दिमागमा कति असर पुर्याउँछ भन्ने धेरैले सोचेका छैनन् ।
अमेरिकाको एक अनुसन्धान टोलीले ‘वायरलेस डिभाइस’ बाट उत्पन्न हुने माइक्रोवेभ रेडिएसनले युवा र वयस्कलाईभन्दा बालबालिकालाई धेरै असर पु¥याउने तथ्य खुलाएको छ । उनीहरुको दिमागी कोषले वयस्ककोभन्दा दोब्बर रेडिएसन सोस्छ भने बोन म्यारोले १० गुना बढी ।
त्यसैले ल्यापटप, कम्प्युटर, ट्याबलेट, मोबाईलजस्ता डिभाइसबाट बालबालिकालाई सकेसम्म टाढा राख्नु पर्ने र आफ्नै शरीरबाट पनि कम्तीमा २० सेन्टिमिटरको (७.८ ईन्च) दूरीमा राख्नुपर्ने उनीहरुले बताएका छन् ।

आफ्ना बच्चाले मोबाईलमा गित संगित नहेरी वा गेम नखेली खाना खान मान्दैन अब के गर्ने त ? भन्ने सोच्नुभएको छ भने धनदा नमान्नुहोस् लोकपथ डटकमले केहि टिप्सहरु प्रस्तुत गरेको छ ।
यसो गर्नुहोस्, बच्चाहरुलाई सेलफोनबाट टाढा राख्न :
- विभिन्न बालकथा, लोककथाहरु हाउभाउका साथ सुनाउने
- बालबालिकाको विभिन्न खेलहरु खेलाउने
- उनीहरुको विभिन्न रुचिहरु जस्तै चित्रकला, नृत्य, खेलकुद आदि पहिचान गरेर त्यस्तै क्रियाकलापमा सरिक गराउने
- सुरुदेखि नै उनीहरुले माग्नासाथ सेलफोन दिएर बानी नबसाउने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया