काठमाडाैं : कोटेश्वरदेखि कलंकीसम्मको सडकलार्इ फराकिलो बनार्इरहेको चीन सरकारले कलंकीदेखि महाराजगञ्जसम्मको सडकलार्इ पनि ८ लेनमा विस्तार गरिदिने भएको छ ।
हाल सडक विभागले सो खण्डको सडक क्षेत्रमा पर्ने संरचना हटार्इरहेको छ । चीनसँग यो बाटो विस्तार गर्ने सम्झाैता भर्इसकेकाले अागामी अगस्टबाट विस्तारको काम शुरू हुने सडक विभागले जनाएको छ ।
८.२ किलोमिटर लम्बार्इ रहेको यो सडकलार्इ ८ लेनमा विस्तार गर्न करिब ५ अर्ब रूपैयाँ खर्च लाग्ने देखिएको छ । हालको सडक केन्द्रबाट दुवैतर्फ ३१ मिटरसम्म फैलने सडक विस्तारको काम ३ बर्षमा सम्पन्न हुनेछ ।
हाल निर्माणाधीन कोटेश्वर-कलंकी खण्डको सडकको बीचमा लेन छुट्याउने मिडियन नभएको भन्दै विज्ञ र प्राविधिकहरूले सडक विभागका अधिकारीहरूको प्राविधिक क्षमतामा प्रश्न उठार्इरहेका छन् । तर, अब विस्तार हुने कलंकी-महाराजगञ्ज खण्डमा मिडियन राखिने विभागले यसअघि नै प्रतिबद्दता जनार्इसकेको छ । मिडियन नहुँदा कोटेश्वर-कलंकी खण्डमा सवारीसाधन र यात्रुहरू दुर्घटनामा पर्ने गरेका छन् ।
कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तारका लागि सडक विभागले डिजार्इन तयार गरिसकेको छ । हाल चक्रपथ विस्तार गरिरहेको सांघार्इ कन्स्ट्रक्सनले नै कलंकीदेखि महाराजगञ्जसम्मको सडक विस्तार गर्न सक्ने विभागले जनाएको छ ।
महाराजगञ्जदेखि कोटेश्वरसम्मको सडक वरपर पर्ने संरचना हटाउन सरकारले अहिले स्थानीयको विरोध खेपिरहेको छ । सडककै पेटीमा जोडिनेगरि बनार्इएका पक्की भवन र अन्य संरचना हटाउँदा सरकारले क्षतिपूर्ति तिर्नुपर्ने, पशुपति क्षेत्रका वस्तीहरूको एेतिहासिक महत्व रहेकाले चावहिल चोकदेखि गाैशाला चोकसम्म सडक विस्तार गर्न नमिल्नेजस्ता तर्कका कारण यो खण्डको सडक विस्तार अन्याैलमा छ । तर चीनले सडकका लागि अावश्यक जग्गा उपलब्ध गराए यो खण्डको विस्तार पनि अाफैंले गरिदिने सहमति गरिसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया