१८ मङ्सिर २०७८, शनिवार

ठडिँदै छ, बडिगाडको ‘सिंहदरबार’

२०७८,मङ्सिर,९,बिहीवार १६:२०

1.539k
Shares

खेमराज गौतम/ गलकोट । बागलुङको बडिगाड गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

अहिले अत्याधुनिक सुविधासम्पन्न भवनको फिनिसिङको कामले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा बडिगाड गाउँपालिकाको ‘सिंहदरबार’ अन्तिम चरणमा पुगेको छ ।

काठमाडौंको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । जनतालाई सेवा सुविधामा सरलता प्रदान गर्नका लागि अहिले स्थानीयतहमा धमाधम प्रशासनिक भवन ठडिन थालेका छन् । जसमध्ये बडिगाड गाउँपालिकाको केन्द्र खार बजारमा प्रशासनिक भवनको निर्माण अहिले अन्तिम चरणमा पुगेको बडिगाड गाउँपालिकाले जनाएको छ ।

उक्त भवन जिल्लाकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न भवन हुनेछ । त्यस्तै ताराखोला सुविधा सम्पन्न भवनसमेत अहिले निर्माण भइहेको छ । १० स्थानीय तह रहेको बागलुङ जिल्लामा अहिले बडिगाड र ताराखोला गाउँपालिकाको मात्रै अत्याधुनिक प्रशासनिक भवन निर्माण भइरहेको हो ।

अन्य पालिकाले भने भवन निर्माणका लागि जग्गाको टुङ्गो लगाइसकेका छन् भने केही स्थानीय तहको भने अन्योल अझै कायम रहेको छ । बडिगाड गाउँपालिका–५ ग्वालिचौरस्थित खार बजारमा स्थानीयवासीले निःशुल्क रुपमा गाउँपालिकाको नाममा ११ रोपनी जग्गा प्रदान गरेपछि गत वर्षदेखि प्रशासनिक भवन निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए।

अहिले भवनको तीन तला ढलानको काम सम्पन्न भएर प्लाष्टर अन्तिम चरणमा पुगेको छ । अहिले अत्याधुनिक सुविधा सम्पन्न भवनको कामले तीव्रता पाएको र हालसम्म ८० प्रतिशत काम सम्पन्न भइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले जानकारी दिए।

“भवन निर्माणको कामप्रति सन्तुष्ट छौं, तीन चार महिनामा हस्तान्तरण होला भन्नेछ, कोरानाका कारण म्यादभन्दा दुई महिना ढिलो होला” प्रशासकीय अधिकृत बालकृष्ण सुवेदीले भने, “गण्डकी प्रदेशमानै यस्ता अत्याधुनिक भवन आधा दर्जन होलान, जिल्लामा यस्तो सुविधासम्पन्न भवन कतै बनेको छैन, भवनमा लिफ्ट, अपाङ्ग मैत्री, भूकम्पप्रतिरोधी लगायतका विशेषता छन् । ”

तीन तलाको भवनबाट गाउँपालिकाले प्रदान गर्ने सम्पूर्ण सेवा तथा पालिकाका अन्य शाखा सञ्चालनका लागि अत्यन्तै सहजहुने प्रशासकीय अधिकृत सुवेदीले बताए। १८ महिनामा सक्नेगरी रु पाँच करोड २२ लाखको लागतमा २०७७ जेठ १६ गते माउन्डेन कविन्द्र जेभीसँग निर्माण सम्झौता भएको थियो । कोरोना महामारीका कारण चार महिना ढिलोगरी काम सुरु भएको भवनको अहिले रङ्गरोगन, विद्युतीय काम, टायल, मार्बल तथा झ्याल ढोकाको मात्रै काम रहेको माउन्टेन कविन्द्र जेभीका आधिकारिक प्रतिनिधि उपेन्द्र अर्यालले जानकारी दिए।

“कोरोना नभएको भए सम्पन्न मिति भन्दा चार महिना अघि भवन बुझाउने लक्ष्य थियो, त्यै पनि काम अन्तिम चरणमा पुगेको छ”, उनले भने, “ढिलोमा चार महिनाभित्र गाउँपालिकालाई भवन हस्तान्तरण गर्ने लक्ष्य छ, पालिकाको सहयोगमा सम्पन्न गर्न मदत मिलेको हो ।” गाउँपालिकाका अनुसार ठेक्का सम्झौता सकिन एक महिना मात्रै बाँकी रहेपनि कामको प्रकृतिका आधारमा केही महिना थप गर्न सकिने छ ।

अहिले पालिकामा प्रशासनीक भवनबाहेक अन्य भौतिक संरचनासमेत धमाधम निर्माण भइरहेका छन् । पालिकाका १० वडामध्ये ८ वटा वडा निर्माणले तीव्रता पाएको छ । पालिकाको ६ नम्बरमा मात्रै वडा कार्यालयको भवन छैन । १ नम्बर वडामा पहिलै भवन थियो, भने ९ नम्बरमा वडा कार्यालयको नयाँ भवन निर्माणपछि सेवा दिइरहेको प्रमुख सुवेदीको भनाइ छ ।

कार्यालय परिसरमा पार्कीङको व्यवस्थासमेत हुनेछ भने भवनको माथिल्लो तलामा सुविधा सम्पन्न सभाहल हुनेछ । अहिले भाडाको साँघुरो घरबाट सेवा दिइरहेको छ । अत्याधुनिक सुविधा सम्पन्न भवनबाट सेवा दिँदा नागरिकलाई समेत सहज हुने गाउँपालिकाको अपेक्षा छ ।

प्रकाशित मिति: २०७८,मङ्सिर,९,बिहीवार १६:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको तेस्रो चरणको खेल अन्तर्गत आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ । भृकुटिमण्डपमा जारी महाधिवेशनमा अध्यक्ष, चार उपाध्यक्ष, तीन

‘ऊ बेलामा एउटै गीतमा ३/४ घण्टा लगाएर बजाउनु पर्थ्याे, अहिले धेरै त होइन तीन घण्टामा १०/१२ वटासम्म गीतमा बाँसुरी बजाउन

ताजा समाचार

श्रम सम्झौता पुनरावलोकनमा कतार सहमत
 २०७८,मङ्सिर,१८,शनिवार ०८:२१
डेढ अर्बको लगानीमा बन्यो अस्पताल
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१८
चितवनमै ‘स्मार्ट लाइसेन्स’ नवीकरण हुँदै
 २०७८,मङ्सिर,१८,शनिवार ०८:१६
‘होई मेरो संसार’मा सरोज र विनाको छमछमी
 २०७८,मङ्सिर,१८,शनिवार ०८:०८
बेलायतमा ४२ जनामा देखियो ‘ओमिक्रोन’
 २०७८,मङ्सिर,१८,शनिवार ०७:३२