११ चैत्र २०७९, शनिवार

सत्र करोडको लगानीमा रिसोर्ट

२०७४,आश्विन,२४,मंगलवार १०:४६

0
Shares

मुस्ताङ २४ असोज ।प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा आउने धार्मिक पर्यटकलाई लक्षित गर्दै रु १७ करोडको लगानीमा अत्याधुनिक रिसोर्ट बन्ने भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएन)का अमेरिका क्षेत्रीय संयोजक सोनाम लामाको लगानीमा निर्माणधिन उक्त रिसोर्ट अबको एक वर्षभित्र सञ्चालनमा आउनेछ । रिसोर्टको मुख्य भवन निर्माण भइसकेको छ । रंगरोगन, कटेज, स्याउबारी, विभिन्न थरिका बिरुवाको बगैँचा र पार्किङस्थल निर्माण बाँकी छ ।तीन वर्षअघि निर्माण थालिएको उक्त रिसोर्टको २० कोठा भएको भवन निर्माण भएको लामाले जानकारी दिनुभयो । स्थानीयवासीसँग करिब ८० रोपनी जग्गा ३० वर्षका लागि भाडामा लिएर शुरु गरेको सो रिसोर्ट दुई चरणमा बन्नेछ । पहिलोचरणको काम ८० प्रतिशत सकिएको छ, भने दोस्रोचरणको काम रिसोर्ट सञ्चालनमा आएपछि शुरु हुनेछ ।रिसोर्टमा अत्याधुनिक सुविधाका साथमा रक क्लाइबिङको व्यवस्था हुनेछ । वरपर स्याउबारी समेत रहनेछ । पहिलोचरणमा रु १० करोड र दोस्रो चरणमा थप रु सात करोड लगानी हुनेछ । मुक्तिनाथमा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक उल्लेख्य संख्यामा आउन थालेकाले त्यसैलाई मध्यनजर गरेर लामाले रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन ।लामाले रिसोर्टमा रोजगारका लागि स्थानीयवासीलाई नै पहिलो प्राथामिकता दिने बताए । बेनी–जोमसोम–कागबेनी र मुक्तिनाथ सडक सञ्चालनमा आएसँगै मुक्तिनाथ पुग्ने आन्तरिक र भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ । राउण्ड अन्नपूणअन्तर्गत पर्ने मुक्तिनाथमा तेस्रो मुलुकका पर्यटकको आवागमन पनि उल्लेख्य छ । हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिने मुक्तिनाथमा लामाले नै ३४ फिट अग्लो बुद्धको मूर्ति प्रतिस्थापन गरेका हुन । 

प्रकाशित मिति: २०७४,आश्विन,२४,मंगलवार १०:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका मौरीपालक किसान यतिबेला मह काढ्न व्यस्त छन् । हिउँदे यामको मह काढ्ने समय अहिले

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएका छन् ।

धनुषा । कोभिड–१९ महामारीका कारण विदेशमा रोजगारी गुमाएर फर्किएका मधेस प्रदेशका नौ सय ८० युवालाई तालिम दिइएको छ । शिक्षा

काठमाडौं । नेकपा (एमाले) मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले वैदेशिक रोजगारमा गएका श्रमिकहरुको समस्या समाधान

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११